images

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

भरतपुर ।जेठ ३१ स्वस्तिक नेपाल भरतपुरको बार्षिक कार्ययोजना गोष्ठी शनिबार सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष हिरामान महर्जनको प्रमुख आतिथयता एबं अध्यक्ष सुमन कुमार श्रेष्ठ को अध्यक्षतामा मा सम्पन्न सो गोष्ठीमा संस्थाको आगामी २ वर्षको लागि रणनीति,दीर्घकालीन योजना सहित स्वास्थ, शिक्षा र सामाजिक क्षेत्रमा गर्ने कार्यक्रम ,योजना सहित संस्थाको दृष्टिकोण, लक्ष्य, उद्येश्य र बजेट तयार गरिएको छ । विभिन्न संघ संस्था ,स्थानिय सरकार सग सहकार्य,संस्थागत विकास ,सामाजिक एबं पारिवारिक क्षेत्र अन्तर्गत उद्येश्य प्राप्तिका लागि विभिन्न रणनीति तयार गरेको संयोजक बासुदेव दवाडीले जानकारी दिनु भयो ।

images

कार्यक्रममा संस्थाका उपाध्यक्ष एबं नलेज़ नेपाल एकेडेमीका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले सहजीकरण गर्नु भएको थियो ।संस्थाका पूर्व अध्यक्ष, सल्हाकार,कार्यसमिति सदस्य,सदस्य सहित ४५ जनाको सहभागिता रहेको सो कार्यक्रम बासुदेव दवाडी को संयोजकत्वमा सम्पन्न भएको हो।कार्यक्रममा संस्थापक अध्यक्ष् हिरामान महर्जन,पूर्व अध्यक्ष राजन अधिकारी ,निवर्तमान अध्यक्ष नारायण कँडेल महासचिव प्रेम बरालले संस्थाको दिर्घकालिन योजना बारे सुझाव व्यक्त गर्नु भएको थियो। वि. स. २०६३ सालमा चितवनका युवा व्यवसायी, उद्यमी, समाजसेवीहरु को सक्रियतामा शिक्षा र स्वास्थ्यमा विभिन्न अभियान सञ्चालन गर्ने उद्येश्य ले स्थापित सो संस्थाले विभिन्न क्षेत्रमा तालीम, गोष्ठी, सचेतना, स्वास्थ्य शिविर लगायत अभियान हरु सञ्चालन गर्दै आएको छ।

समाचार भ्युज
images
SKIP THIS