images

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने

२४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।
मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छ । मलाई विश्वास छ न्याय पालिकाले न्याय दिनेछ । न्यायको जित हुनेछ । अन्यायको हार हुनेछ ।’ उनको भनाई छ । अध्यक्ष नेपालले कुनै निजी स्वार्थ र फाइदाको लागि कामसमेत नगरेको बताए ।
अहिलेसम्म एक पैसा र एक दाम जग्गा घुस नखाएको बताउँदै उनले डराउनु पर्ने आवश्यक नभएको र आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको आधार नभएको बताउँदै त्यस्तो गलत आरोपको डटेर सामना गर्ने भन्दै ‘हामी आत्तिनु पर्ने आवश्यकता छैन । चुनौती आइलागेको छ । यसको सामना गर्ने हो । हामी भाग्ने होइन’, उनले अघि भने, ‘असल मनसायका साथ कुनै काम गरिएको छ भने आत्तिनु पर्ने केही आवश्यक हुँदैन ।’ वक्तव्य दिएका थिए ।
पतञ्जलिको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

समाचार भ्युज
images
SKIP THIS