चितवनसहित देशभर गर्मी बढेको छ । गर्मीका कारण जनजिवन प्रभावित बन्न थालेको छ । भरतपुर विमानस्थल कार्यालयको रेकर्ड अनुसार आज (बुधबार) भरतपुरको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ। दिउँसो तीन बजे ३९ डिग्री सेल्सियस मापन गरिएको कार्यालयले जनाएको छ । आज बिहान ६ बजे २३ र मध्यन्ह १२ बजे ३८ डिग्री तापक्रम मापन भएको कार्यालयले जानकारी दिएको छ ।


समाचार भ्यूज 





