images

स्वस्तिक नेपालको पद हस्तान्तरण सम्पन्न

भरतपुर ।फागुन २१। स्वस्तिक नेपाल भरतपुरको पद हस्तान्तरण कार्यक्रम बुधबार भरतपुरमा सम्पन्न भएको छ। माघ २६ गते सम्पन्न १८ औँ स्थापना दिवस एबं अधिवेशन बाट आगामी २ वर्षका लागि सुमनकुमार श्रेष्ठको अध्यक्षतामा निर्वाचित पदाधिकारी हरु लाई पद हस्तान्तरण गरिएको हो। जसको उपाध्यक्षमा अर्जुन अधिकारी,महासचिव प्रेम बराल, कोषाध्यक्ष अमर बहादुर कुँवर ,सचिव नमराज फुयाल, सदस्यहरुमा सुजन सिंह अधिकारी, नवराज मरहठ्ठा,रामहरि घिमिरे,मदन अधिकारी रहनु भएको छ। पद ग्रहण सगै नव निर्वाचित अध्यक्ष श्रेष्ठले आगामी २ वर्ष मा स्वास्थ्य र शिक्षाको क्षेत्रमा ,विभिन्न सरकारी ,व्यवसायिक संघ संस्था हरु सग समन्वय गर्दै दीर्घकालीन योजना सहित कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

संस्थापक अध्यक्ष हिरामान महर्जनको प्रमुख आतिथयता एबं अध्यक्ष नारायण कँडेल को अध्यक्षतामा मा सम्पन्न भएको हो।कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत एबं पूर्व अध्यक्ष राजन अधिकारी,निर्वाचन अधिकृत एबं पूर्व अध्यक्ष सुदिप सिंह अधिकारी,निर्वाचन अधिकृत एबं पूर्व अध्यक्ष भरत मल्लले बधाई सहित सामूहिक रूपमा प्रमाण पत्र प्रदान गर्नु भयो।

images

कार्यक्रम मा संस्थाको दीर्घकालीन योजना सहित स्थापित शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने सहयोगी, विभिन्न कार्यक्रम संयोजन गर्ने संयोजक, संस्थापक लाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्व अध्यक्ष गणेश प्रसाद पौडेल, बालकृष्ण कँडेल, उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम,वर्तमान कार्यसमिति सदस्य विष्णु लम्साल,चितवन उद्योग संघ चितवनका कार्यबाहक अध्यक्ष मदन घिमिरे, भरतपुर महानगरपालिका वार्ड नं ३ का वडा सदस्य राम बाहादुर लोहनी, व्यवसायी एबं समाजसेवी ऋषि तिमिल्सिना,ईश्वरी पण्डित,विमल अधिकारी ,लायन्स क्लब अफ नारायणगढ मिड टाउन का पूर्व अध्यक्ष प्रकाश पौडेल, होटल व्यवसायी संघ बागमती प्रदेश सदस्य नवराज मरहठ्ठा,नारायणगढ जेसीजको पूर्व अध्यक्ष बासुदेव दवाडी,लगायतको उपस्थति रहेको थियो।

वि. स. २०६३ सालमा चितवनका युवा व्यवसायी, उद्यमी, समाजसेवीहरु को सक्रियतामा शिक्षा र स्वास्थ्यमा विभिन्न अभियान सञ्चालन गर्ने उद्येश्य ले स्थापित सो संस्थाले विभिन्न क्षेत्रमा तालीम, गोष्ठी, सचेतना, स्वास्थ्य शिविर एबं पारिवारिक संस्थाको रूपमा विभिन्न अभियान हरु सञ्चालन गर्दै आएको छ। कार्यक्रम अर्जुन अधिकारीको संयोजकत्वमा सम्पन्न भएको हो।

 

समाचार भ्युज
images
SKIP THIS