images

चितवन चेम्बर अफ कमर्सको रणनितिक योजना गोष्ठी सम्पन्न

चितवन चेम्बर अफ कमर्स चितवनको रणनितीक योजना गोष्ठी सोमबार सम्पन्न भएको छ। उधोगी व्यवसायी हरुको छाता एबं अग्रणी संस्था चितवन चेम्बरले आगामी ३ वर्ष संस्थाले गर्ने योजना सहित रणनीति तयार गरेको छ। सञ्चालक समिति, विभिन्न उपसमिति,विषयगत संयोजक, सल्हाकार सहित ४० जनाको सहभागिता रहेको सो कार्यक्रममा नेपाल जेसीज का पूर्व राष्ट्रिय अध्यक्ष एबं अस्ट्रेलिया का पूर्व राजदूत महामहिम महेश दाहाल प्रमुख अतिथि एबं स्रोत व्यक्ति रहनुभएको थियो। अध्यक्ष गोपाल भट्टराईको अध्यक्षता एबं उपाध्यक्ष रूबेन् रामुदामू को संयोजकत्वमा आयोजना गरिएको हो।

वि स २०७५ मा स्थापना भएको सो संस्थाले उद्योगी व्यवसायी हरुको हक हित,नीति निर्माण लगायत विभिन्न सचेतना,तालिम गोष्ठी लगायत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। सोही सन्दर्भमा अहिलेको अवस्थामा उधोगी व्यवसायीले भोग्नु परेको समस्या, आर्थिक क्षेत्रमा देखिएको चुनौती बारे साथै सरकार ले प्रस्तुत गरिएको बजेटबारे चेम्बरको धारणामा छलफल गरिएको थियो। व्यवसायीहरु बाट आएको गुनासो समस्या समाधान का लागि सरोकार वाला निकायहरु सग छलफल गर्ने समेत निणर्य गरेको सचिव अर्जुन अधिकारीले जानकारी दिनुभयो। कार्यक्रम मा चितवन चेम्बरका अध्यक्ष गोपाल भट्टराई नेपाल चेम्बर अफ कमर्सको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएकोमा सम्मान गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष सोमप्रसाद काप्रि, महासचिव महेश तिवारी, कोषाध्यक्ष अनुषा पाठक, सह कोषाध्यक्ष प्रकाश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

images

समाचार भ्युज
images
SKIP THIS