चितवन, वैशाख ३१–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमा बन्न लागेको नयाँ पुल ‘सिग्नेचर ब्रिज’को शिलान्यास गरेका छन् ।
आज विहान चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा नेपालकै पहिलो सिग्नेचर पुलको शिलान्यास गरेका हुन् । प्रचण्डले जग पूजासंगै शिलालेख अनावरण गरेका थिए । सो क्रममा बोल्दै प्रधानमन्त्री दाहालले सम्झौता अनुसार निर्धारित समयमै पुल निर्माण हुनेमा विश्वास व्यक्त गरे ।
चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ । करिब १ अर्ब ६८ करोड नेपाली रुपैयाँ बराबरको लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा श्री तुँदी कन्स्ट्रक्सन प्रा.लि. सँग ठेक्का सम्झौता गरिएको छ ।
ठेक्का सम्झौता अनुसार चार वर्षमा पुल निर्माणको काम सम्पन्न हुनुपर्ने छ । हाल भएको नारायणी नदीको पुल जीर्ण भएसँगै नयाँ पुल निर्माणको काम सुरु हुन लागेको छ । नारायणी नदी माथि रहेको अहिलेको पुल विसं २०३८ मा बनेको हो ।


अर्जुन अधिकारि 






