images

लायन्स क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्षमा शेर बहादुर निर्वाचित

नारायणगढ, लायन्स क्लब अफ नारायणगढ बालकुमारीको शुक्रबार सम्पन्न २३ औं अधिवेशनबाट वर्ष २०२४/२५ का लागि शेर बहादुर पौडेल निर्वाचित भएका छन्।
अध्यक्ष शंकर प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेश बहादुर भट्टराई, द्वितीय उपाध्यक्षमा चन्द्रमणि भट्टराई, सचिवमा गोविन्द पराजुली, कोषाध्यक्षमा सन्तोष पराजुली, सहसचिवमा सविन पौडेल, निर्देशकमा शिव श्रेष्ठ, ध्रुव प्रसाद पौडेल, गोविन्द प्रसाद श्रेष्ठ, जीवनराम चौधरी, टेल ट्विस्टर ईश्वर कुमार राजभण्डारी, जन सम्पर्क अधिकारी सरोज कुमार मास्के, मेम्बरसीप चियर पर्सन हरीराम पौडेल, क्लब सर्विस चियर पर्सन नेत्र प्रसाद आचार्य, एल सी आई एफ कोअर्डिनेटर बालगोपाल चुके, क्लब मार्केटिङ कम्युनिकेशन चियरपर्सन अर्जुन अधिकारी, टेमर रमेश चन्द्र अधिकारी चयन भएको निर्वाचन समितिका संयोजक रामचन्द्र सापकोटाले बताउनु भयाे। कार्यक्रममा पूर्व अध्यक्षहरु बालगोपाल चुके, ईश्वरकुमार राजभण्डारी,लोक बहादुर रानाभाट लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।
सन् २००१ मा स्थापना भएको यस संस्थाले मानवीय सेवाका क्षेत्र लगायत विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ।

समाचार भ्युज
images
SKIP THIS