images

माओवादीलक्षित ओलीको टिप्पणीः एमाले सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी होइन

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको बताएका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको बागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूले बुधबार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भतभती पोलिरहेको बताए। उनले एमालेको विरोध गर्न गिरिबन्धु टि स्टेट भने पनि गिरिबन्धु टि स्टेटको छानबिन गर्न चुनौती दिए।

images

उनले कुनै पनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुसिने दाबी गरे। उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताए।

‘हामी सार्वजनिक सम्पत्ति छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै लागेनौँ। त्यो बाटो कहिल्यै समाएनौँ। सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैंकसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन। हामी देश बनाउने पार्टी हो,’ उनले भने।

समाचार भ्युज
images
SKIP THIS