images

माओवादीकै केन्द्रीय सदस्य भएकाले ल्हारक्याल लामालाई नियुक्ति गर्न सहज भयोः मन्त्री किराँती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रीय सदस्य भएकाले सहज भएको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले लामा नेकपा (माओवादी केन्द्र) का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष भइसकेको साथै एमाले र माओवादी पार्टीबाट पनि पटक–पटक मन्त्री र सांसद भइसकेकाले पनि योग्य व्यक्ति भएको दाबी गरे।

images

‘…उहाँ कसको प्रभावले भन्दा पनि बिना कसैको प्रभाव दबाबबिना खुशीले नियुक्ति गरेको हुँ। गिरिजाबाबुको पालामा उहाँ गुम्बा विकास समितिको अध्यक्ष भइसकेको मान्छे, एमालेको पालामा आएर संविधान सभाको सदस्य, पूर्वअर्थराज्यमन्त्री भइसकेको, माओवादीतिर आइसकेपछि पनि पटक–पटक सांसद, भइसकेको मान्छे उहाँलाई लागेको आरोप राज्यका सबै अंगले प्रमाणित नगरेको र लागेको आरोप पुष्टि नभइसकेपछि मान्छे अभियुक्त हुँदैन। अभियुक्त नभएकाले नेपालको कानून बमोजिम नियुक्त गरेको हो। हाम्रो पार्टीको केन्द्रीय सदस्य भएकाले पनि नियुक्तिका लागि सजिलो भयो,’ उनले भने।

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहे पनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताए। उनले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताए।

मन्त्री किराँतीले युरोपियन युनियनको कालो सूचीबाट नेपाल चाँड नै हट्नेमा आशावादी रहेको बताए।

समाचार भ्युज
images
SKIP THIS