images

गण्डकीमा खगराज र पृथ्वीसुब्बा प्यानलको पदाधिकारीमा क-कसले दिँदैछन् उम्मेदवारी?

पोखरा- नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पदाधिकारीमा उम्मेदवारी दिनेको टुंगो लागेको छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी दुवै प्यानलले उम्मेदवारको टुंगो लगाएको हो।

पृथ्वीसुब्बा प्यानलबाट अध्यक्षमा हालका अध्यक्ष म्यादिका नवराज शर्मा दोहोरिने भएका छन्। उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ, सचिवमा हालका सचिव लमजुङका धनन्जय दवाडी र उपसचिवमा कास्किका दामबहादुर विक र महिला उपसचिवमा पर्वतकि मन्जु अधिकारीले उम्मेदवारी दिने भएका छन्।

images

खगराज प्यानलबाट लमजुङका मायानाथ अधिकारीले अध्यक्षमा उम्मेदवारी दिँदैछ्न्। उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, उपसचिवमा म्याग्दिका सन्तोष रावल र महिला उपसचिवमा कास्किकी मीना गुरुङले उम्मेदवारी दिने तय भएको छ।

अहिले सदस्य पदका लागि मनोनयन दर्ता भइरहेको छ।

समाचार भ्युज
images
SKIP THIS