images

राजस्वको टोलीद्वारा ५० लाखभन्दा बढीको लत्ताकपडा बरामद

भारतीय बजारबाट सिराहाका विभिन्न नाका भएर अवैध रूपमा तस्करी भइरहँदा उपल्लो निकायले नै सक्रियता बढाएको छ।

भारतीय बजारबाट लत्ताकपडा, स्पेयर पार्टस् जस्ता सामान भन्सार कर्मचारी, स्थानीय स्तरमा रहेको नेपाल प्रहरी, सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी भइरहँदा राजस्व अनुसन्धान कार्यालय इटहरीले आफ्नो सक्रियता बढाएको छ।

images

राजस्व अनुसन्धानको टोलीले भन्सार छलेर भारतबाट तस्करी गरी भण्डारण गरिएको लत्ताकपडा सिराहाको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयको बगैँचाबाट बरामद गरिएको छ।

सुराकीको आधारमा पुगेका राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले शनिबार बिहान माडर भन्सार कार्यालयनजिकै रहेको सो सामुदायिक विद्यालयको बगैँचाबाट करिब ५० लाख रुपैयाँभन्दा बढीको लत्ताकपडा बरामद गरेको छ।

सिराहाको ठाँडी भन्सारबाट प्याज बोकेको ट्रकमा तस्करीका कपडा भए पनि भन्सार पास गरी चितवनतर्फ जान दिइएको थियो। सो ट्रकलाई सुराकीका आधारमा मकवानपुरको हेटौँडामा चेकचाँज गर्ने क्रममा डेढ करोडभन्दा बढीको सर्टिङ–सुटिङका कपडा, सारी, तयारी पोसाक राखिएको फेला परेको थियो। अगाडितिर प्याज र पछाडितिर लत्ताकपडा राखेर तस्करी गरिएकाे थियो। नयाँ पत्रिकामार्फत

समाचार भ्युज
images
SKIP THIS