images

व्यवस्थालाई दोष दिने बेला भएको छैनः मन्त्री गुरुङ

काठमाडौं- सहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको दावी गरेकी छन्।

सोमबार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता प्राप्त गरे पनि कानुनी रूपमा, संवैधानिक रूपमा व्यवस्था गरेपनि अहिले व्यावहारिक रूपमा कार्यान्वयन गर्न नसकेको बताए।

images

उनले झन्डै ४० वटा संघीय कानुन बनाइसकेपछि अहिले भएका समस्या समाधान हुने दाबी गरिन्।

उनले कार्यान्वयनकै चरणमा सबैकुरा भएन भन्ने हो भने गलत हुने बताइन्।

मन्त्री गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारेपनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गरिन्।

उनले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि बढाउन बजेट पर्याप्त नभएको गुनासो गरिन्।

उनले सबैको साझा संकल्प र प्रतिवद्धता हुन नसक्दा यी योजनाहरू कार्यान्वयनमा जान नसकेको बताइन्।

मन्त्री गुरुङले बनेका शहरलाई व्यवस्थित गर्ने र बन्ने शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि बताइन्।

सहर व्यवस्थित गर्नका लागि सहरी विकास नीति आवश्यक रहेको उनकाे भनाइ छ।

समाचार भ्युज
images
SKIP THIS