images

उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवेमा अनियमितता भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपाल सरकार–सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही तथा बदनियत गरी २३ करोड २७ लाख ५८ हजार ७७ रुपियाँ हानिनोक्सानी गरेको पुष्टि भएको हुँदा अख्तियारले केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा र तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्यायसहित ९ जनाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

images

अख्तियारका अनुसार तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, तत्कालीन उपनिर्देशक–कार्यकारी निर्देशक सुनिल पौडेल, उपनिर्देशक सफल श्रेष्ठ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोखरेल, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा र कम्प्युटर इन्जिनियर रामशरण गायकसमेतको मिलोमतो तथा योजनामा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचारको अभियोग लागेको छ ।

९ जनाविरुद्ध भ्रष्टाचार निवारण एने २०५९को दफा १७ बमोजिमको कसुरमा बिगो २३ करोड २७ लाख ५८ हजार ७७ रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा १ देहाय (झ) बमोजिम कैद सजाय र सोही दफा ३ को उपदफा १ बमोजिम बोगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

समाचार भ्युज
images
SKIP THIS