शनिबार चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा भ्रमणकाे बारेमा जानकारी दिएका हुन्।
उनले आफ्नो चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेकाे बताए।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँगको छलफलले नेपाल-चीन सम्बन्धलाई थप उचाइ दिएकाे प्रधानमन्त्री दाहालकाे भनाइ छ।
प्रधानमन्त्री दाहाल गत भदौ ३० मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए। उनी उतैबाट असोज ५ गते चीन प्रस्थान गरेका थिए।
पूर्णपाठ:









