images

स्थानीय तहमा खटाइएका अधिकृतलाई कार्यस्थलमा पठाउन मन्त्रालयको ताकेता

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रमाना नलिएका कर्मचारीलाई एक साताभित्र कार्यक्षेत्र पठाउन निर्देशन दिएको छ।

 

images

 

मन्त्रालयले सरुवा, पदस्थापन, काज र फिर्ता गरिएका कर्मचारीले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेकाले त्यस्ता कर्मचारीबारे मन्त्रलयलाई जानकारी गराउन मन्त्रीस्तरको निर्णय भएको जनाएको छ।

मन्त्रालयले आज परिपत्र जारी गर्दै निजामति सेवा ऐन र कर्मचारी समायोजन ऐन अनुसार काज खटाइएका तथा काज फिर्ता गरिएका कर्मचारीहरूलाई रमाना दिइ सात दिन भित्र मन्त्रालयमा जानकारी गराउन भनेको हो ।

साथै स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएको संघीय निजामती कर्मचारीहरू खटाइएका र काज फिर्ता गरिएका कार्यालयमा नगएका कारण सार्वजनिक सेवामा असर परेको जारी परिपत्रमा उल्लेख छ।

स्थानीय तहमा खटाएका प्रशासकीय अधिकृतहरू कार्यस्थलमा नपुगेको भन्ने गुनासो आएकाले सम्बन्धित निकायले त्यसबारे सात दिनभित्र मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको हो।

समाचार भ्युज
images
SKIP THIS