images

अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

images

कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

जाहेरीकर्ता चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्। उनले फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको उल्लेख गरेकी थिइन्।

समाचार भ्युज
images
SKIP THIS