images

बेइजिङमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ (तस्बिरसहित ) समकक्षी लिसँग आज द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। 

बेइजिङस्थित ग्रेट हल अफ त पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चिनियाँ सेनाको विशेष टिमले ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सहभागी थिए।

images

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दैछन्।

प्रधानमन्त्री दाहाल र उनका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो ।

त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा आइपुगेका छन्।

प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ । नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गरेका छन्।

 

समाचार भ्युज
images
SKIP THIS