images

दरौंदीले बगाएर एक जना बेपत्ता

गोरखा — दरौंदी नदी तर्ने क्रममा गोरखाको सिरानचोक गाउँपालिका–५ जरेबरका एक पुरुष बेपत्ता भएका छन् । ४२ वर्षीय हरी सुनार आइतबार अपराह्नदेखि बेपत्ता भएका हुन् ।

आइतबार ४ बजेतिर जरेबरस्थित दरौंदी नदीबाट भैँसी तार्ने क्रममा उनलाई नदीले बगाएको थियो ।

images

सुनारलाई नदीले बगाएपछि प्रहरीसहित आफन्त र स्थानीयहरूले उनको खोजी गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार आइतबार साँझ अबेरसम्म पनि सुनारलाई भेटिएको छैन ।

समाचार भ्युज
images
SKIP THIS