भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर दरबार स्क्वायरको अवलोकन र तलेजु मन्दिरको दर्शनका लागि आइतबार भक्तपुर पुगेका छन्।
दरबार स्क्वायरमा पूर्वराजाको प्रतीक्षामा घन्टौं अगाडिदेखि स्थानीयवासी भेला भएका थिए। उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका छन्।
ठूलो संख्यामा जम्मा भएका स्थानीयले ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाएका थिए।









