images

राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छः सञ्चारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताएकी छन्।

आइतबार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

images

उनले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताइन्। उनले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौती रहेको पनि उल्लेख गरिन्।

उनले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौती थपेको बताए।

समाचार भ्युज
images
SKIP THIS