काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अबको निर्वाचनमा २० लाख युवा थपिने बताउँदै पुरानो ढर्राले उनीहरुलाई समेट्न नसकिने बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा चौधरीले भने ‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदैछन् । सर्वोच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ, नेपाललाई एउटा विकसित राष्ट हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो ? पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ति ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन?’
उद्योगपतिसमेत रहेका चौधरीकले पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताए । ‘यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ,’ चौधरीले भने ।









