images

श्रम मन्त्री भण्डारी द्वारा विराटनगर स्थित श्रम तथा रोजगार भवनको शिलान्यास

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरमा श्रम तथा रोजगार कार्यालय भवन निर्माण गर्ने भएको छ। शनिबार श्रम मन्त्री शरतसिंह भण्डारीले कार्यालय भवनको शिलान्यास गरेका छन्।

भवनको शिलान्यास गर्दै मन्त्री भण्डारीले सो क्षेत्रका स्वदेशी तथा विदेशी रोजगारका सम्बन्धमा कार्यालयले सेवा प्रदान गर्ने बताए। ‘नेपालको संविधानले श्रम र रोजगारीलाई मौलिक हकअन्र्तगत राखेको छ। त्यसैले यो आम नेपालीको अधिकार हो,’ उनले भने।

images

कार्यालयले त्यस्तो खालको सेवा प्रदान गर्न नसकेमा वा कुनै त्रुटि भएमा सिधै मन्त्रालयमा सम्पर्क गर्न मन्त्री भण्डारीले स्थानीयलाई आग्रह गरेका छन्। कार्यलयको व्यवस्थित सञ्चालनका लागि उनले कार्यलय प्रमुखलाई निर्देशनसमेत दिए।

सरकारले ७५३ स्थानीय तहमा रोजगार कार्यालयको व्यवस्था गरेको छ। श्रम तथा रोजगारीका सम्बन्धमा सबैलाई जानकारी होस् भनेर सरकारले सबै निकायमा कार्यालय राख्ने निर्णय गरेको उनले बताए।

समाचार भ्युज
images
SKIP THIS