काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले शिक्षकहरुको आन्दोलन जति लम्बिन्छ उत्ति नै मुलुकलाई क्षति पुग्ने बताएका छन् । उनले सरकारले विवादास्पद विद्यालय शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।
रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षा विधेयकको विरुद्ध देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा छन् । यस आन्दोलनको नेतृत्व शिक्षक महासंघले गरिरहेको छ । आन्दोलनको कारण छ । तर यो आन्दोलन जति लम्बिन्छ, उत्ति नै मुलुकलाई क्षति पुग्छ ।’ ‘तसर्थ सरकारले टार्न हैन गुनासाको सम्बोधन गर्नेगरी वार्तालाई सार्थक बनाउनुपर्छ’, रिमालको भनाइ छ ।
शिक्षक महासंघले संविधान र कानुनको सीमामा रही सम्वादलाई पेशागत हक/हितमा सीमित गर्नुपर्ने सुझाव पनि रिमालले दिएका छन् ।









