काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकाकी फस्ट लेडी जिल बाइडेन सँग भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट भेटवार्ता भएको हो ।
महासभामा भाग लिन पुगेका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा बाइडेनले दिएको रात्रिभोजका क्रममा प्रचण्ड–बाइडेन भेट भएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालयले दुई नेताबीच भेटवार्ता भएको तस्बिर सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले महासभामा आजै सम्बोधन गरेका थिए । उनी आज न्युयोर्कबाट चीन भ्रमणमा जानेछन् ।









