images

आन्दोलनरत शिक्षकलाई गगनले भने: संसद्‍बाट विधेयकलाई सच्याउँछौँ, विद्यालय बन्द नगरौँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्‍बाट शिक्षा विधेयक सच्याउने भन्दै विद्यालय बन्द नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाका सदस्य समेत रहेका थापाले भने ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्‍मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ’ ।

images

विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू रहेको भन्दै ती सुधार गर्नै पर्ने थापाको भनाइ छ । उनले लेखेका छन् ‘संसद्‍मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ,’ थापाले भने, ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ ।’

समाचार भ्युज
images
SKIP THIS