images

कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया नियुक्त

कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया नियुक्त भएका छन्।

कान्तिपुर सञ्चालक समितिले सोमबार सिरोहियालाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो। उनी यसअघि कान्तिपुर मिडिया ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर काम गरिसकेका थिए।

images

यसअघि कान्तिपुरको प्रबन्ध निर्देशक कैलाश सिरोहिया थिए। सम्भव कैलाशका छोरा हुन्। कैलाश भने अब संस्थाको अभिभावकीय भूमिकामा रहनेछन्।

नवनियुक्त प्रबन्ध निर्देशक सम्भवले मिडिया उद्योगहरूमा चुनौती आइरहेको बताए। पत्रकारितालाई जोगाउने जिम्मेवारी रहेको उनले बताएको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ। ‘पत्रकारिताको मूल धर्म कायम राख्दै त्यसलाई अझ प्रविधिमैत्री पनि बनाउँछौं,’ उनले भने।

 

 

समाचार भ्युज
images
SKIP THIS