images

सरकारले सुन तस्करी गर्ने उद्योग चलाएको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाउनुभएको छ ।

आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो । आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सरकारले ‘चिलतिर औंलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको बताउनुभयो।

images

अध्यक्ष ओलीले माअ‍ोवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रुपमै गैरजिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराउनुभयो ।

ओलीले आफ्नो पार्टीले आम उपभोक्ताको हितका लागि सरकारको पनि ध्यानाकर्षण गराउने भयो । त्यस अवसरमा उहाँले आम उपभोक्ताको हित संरक्षणका लागि गरिवी निवारणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

समाचार भ्युज
images
SKIP THIS