images

प्रधानमन्त्री दाहाल न्यूयोर्कमा

वाशिङ्टन डिसी – संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क आइपुगेका छन्।

प्रधानमन्त्री दाहाललाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे। प्रधानमन्त्रीको स्वागतमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सरकारी अधिकारीहरू उपस्थित थिए।

images

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज ४ गते  सम्बोधन गर्ने कार्यतालिका रहेको छ। यसपटकको महासभामा प्रधानमन्त्रीले ‘विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबै दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धता’बारे सम्बोधन गर्नेछन्।

न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

महासभाकै क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग ‘साइडलाइन’ भेटघाट गर्नेछन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्। रासस

समाचार भ्युज
images
SKIP THIS