images

कुशल  पत्रकार तथा लेखक  राजेन्द्र पराजुलीको निधन

काठमाडौ । कुशल  पत्रकार तथा लेखक  राजेन्द्र पराजुलीको निधन भएको छ। मंगलबार बिहान बी एण्ड बी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए। उनमा निमोनिया देखिएको पारिवारिक स्रोतले जनाएको छ।
लामो समय पत्रकारितामा सक्रिय पराजुलीका ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘जन्तर मन्तर’ लगायतका पुस्तकहरू प्रकाशित छन्।

पराजुलीको मंगलबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

images

समाचार भ्युज
images
SKIP THIS