images

सुवास नेम्वाङको असामयिक निधनले मर्माहत छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनले आफू मर्माहत भएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

images

उनले लेखेका छन्- संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु। दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।

प्रतिनिधि सभा सदस्यसमेत रहेका एमाले उपाध्यक्ष नेम्वाङको सोमबार राति हृदयघातले निधन भएको थियो।

समाचार भ्युज
images
SKIP THIS