images

ललिता निवास प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउन सक्ने

ललिता निवास प्रकरणमा थुनछेक बहस सकिएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा थुनछेक बहस सकिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

images

सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवास प्रकरणको मुद्दा भदौ १० गते दर्ता गरेको थियो। सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २८९ जनालाई प्रतिवादी बनाएको थियो। २१ जना प्रतिवादीको भने मृत्यु भइसकेको भन्दै नाम उल्लेख गरी मुद्दा दायर गरेको हो।

यस प्रकरणमा अदालतमा प्रतिवादीका तर्फबाट ५० जना कानुन व्यवसायीले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए।

जवाफी बहसको क्रममा दुई जना सरकारी वकिलले मात्रै बहस गरेका हुन्।

थुनछेक बहस सकिएसँगै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा इजलासले आदेश दिनेछ। अदालतले आजै आदेश दिने तयारी गरिरहेको सूचना अधिकारी दाहालले बताए।

समाचार भ्युज
images
SKIP THIS