images

के के निर्णय गर्यो मन्त्रिपरिषद बैठकले?

काठमाडौँ – सरकारले जनवादी गणतन्त्र चीनको बेइजिङमा २०८० भदौ २६ देखि २९ आयोजना हुने नेपाल—चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधि मण्डल पठाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिरिषद बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिरिषदको बैठकले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृत स्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

images

यस्तै न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फडेन्द्र गौतमलाई न्याय सेवाको राजप्रतात्राकित विशिष्ट श्रेणिमा बढुवा गरी सत्य निरुपन तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयबहादुर राज सापकोटालाई कानून न्याय र संसदीय मन्त्रालयको सचिव पदमा, नेपाल कानून आयोगका सचिव लिलादेवी गड्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिव पदमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय पनि भएको छ ।

सरकारले पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटुवाल, कार्यकारी निर्देशक प्रशासन पदमा सहसचिव दीपक लामिछाने,कार्यकारी निर्देशक वातावरण पदमा सहसचिव श्रीराम गोपाल खरबुजा र कार्यकारी निर्देशक कानून पदमा सहसचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय भएको छ ।

त्यस्तै खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरुमा आर्थिक वर्ष २०८०र८१का लागि अधिकृत स्तरका २३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने, भौतिक मन्त्रालयको प्रस्तावमा चिनको बेजिङमा आगामी असोज ८ देखि ९ सम्म आयोजना हुने ग्लोवल सस्टेनेवल ट्रान्सपोट फोरम २०२३ विषयक कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री नन्द चापाईंलाई सहभागि हुन स्वीकृति दिने निर्णय भएको छ ।

सरकारले माथिल्लो दरौदी सि साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न गोरखा जिल्लाको राष्ट्रिय वन क्षेत्रको कूलजम्मा ४।९२४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा।डा। अञ्जनीकुमार झालाई नियुक्त गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आयोजनाहरूको लागि आ.व. २०८०/८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन्।

प्रवक्ता शर्माले सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आयोजनाहरूको लागि आ।व। २०८०र०८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने, सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसदमा विधेयक पेस गर्ने, संघीय मामिला तथा सामान्य निजामती सेवा दिवस, २०८० को अवसरमा निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको बताइन्।

समाचार भ्युज
images
SKIP THIS