images

सङ्घीय निजामती सेवा ऐन चाँडै सांसदबाट पास भई लागू हुनेछ : मन्त्री देवी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन् ।

शुक्रवार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले  प्राविधिक कारणले सङ्घीय निजामती सेवा ऐन आउन ढिलाइ भए पनि सरकारले मन्त्रीपरिषद्बाट पास गरी संसद्मा पठाउने निर्णय भइसकेकाले अब छिटै नै सांसदबाट पारित भई कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन् । उनले सङ्घीय निजामती सेवा ऐन लागू भइसकेपछि सङ्घीय निजामती सेवा मात्र नभई प्रदेश र स्थानीय तहसम्मको धेरै अन्यौलता पनि अन्त्य हुने बताइन् ।

images

मन्त्री देवीले ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा राखेको बताइन् ।

समाचार भ्युज
images
SKIP THIS