काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सिंहदरबार जलाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन्।
सोमबार बिहान फेसबुक र ट्वीटर दुवैमा उक्त स्टाटस देखिँदैन।
शनिबार बेलुका बालेनले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
उनले सिंहदरबार जलाउने कुरा गरेपछि उनकाे चाैतर्फी आलाेचना भएकाे थियाे।
उनकी श्रीमती सबिना काफ्ले मेडिसिटी अस्पतालमा एनआइसियुमा उपचाररत नवजात शिशुलाई दूध खुवाएर फर्कँदा ट्राफिक प्रहरीले सरकारी गाडी रोकेर पुछताछ गरेको आक्रोशमा बालेनले सामाजिक सञ्जालमा सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए।










