images

सरकारका अपजसको भारी कांग्रेसले बोक्दैन: नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका अपजसको भारी कांग्रेसले नबोक्ने बताएका छन्।

सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने उनले बताए।

images

आइतबार नवलपुर कांग्रेसले कावासोतीमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै महरले सरकार जनताप्रति उत्तरदायी नभए कांग्रेसले सरकारका अपजसको भारी नबोक्ने बताएका हुन्।

‘सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ, किसानले खोजेका बेला मल पाउनुपर्छ,’ उनले भने, ‘लम्पीस्किनबाट ग्रसित किसानका गोठमा भ्याक्सिन पुग्नुपर्छ।’

उनले महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्ने पनि बताए।

‘राष्ट्रियतामा सरकारले चट्टानी अडान राख्नु पर्छ, नत्र जनता आफैँले सरकारको विकल्प खोज्ने छन्,’ उनले भने, ‘कांग्रेस सधैं सरकारका कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा छैन।’

समाचार भ्युज
images
SKIP THIS