images

ओलीले प्रचण्डलाई भने- गेरू बस्त्र धारणम्, मुर्राभैसी ताननम्

बुटवल- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमालेविरूद्ध षडयन्त्र गरेको आरोप लगाएका छन्।

बुटवलमा शनिबार आयोजित एमाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै ओलीले गठबन्धन नामको बुँख्याचाको संज्ञा दिदै सरकारको कडा आलोचना गरे।

images

एमाले नेतृत्वको सरकारले गरेको विकास देखेर उनीहरु आत्तिएको बताउँदै ओलीले वामपन्थी खोल ओढेकाहरुको सहारामा सरकार ढालेको आरोप लगाए ।

ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय पुँजीपतिलाई आतंकित बनाएको आरोप लगाए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गर्दै उनले भने, ‘गेरू बस्त्र धारणम, मुर्राभैसी ताननम् । विदेश जाने मान्छे बढेका बढ्यै छन् । रेमिट्यान्स घटेको छ, राजश्व घटेको छ ।’

समाचार भ्युज
images
SKIP THIS