images

६० किलो सुन प्रकरण : फरार रहेका बस्नेत भारतबाट पक्राउ

काठमाडौं- विमानस्थलबाट अवैध रुपमा भित्रिएको ६० किलो सुन तस्करी प्रकरणका फरार रहेका थप एक जना पक्राउ परेका छन्।

फरार रहेका आरोपी किशोर बस्नेत पक्राउ परेको प्रहरी स्रोतले बताएको छ। स्रोतका अनुसार उनी भारतबाट पक्राउ परेका हुन्।

images

राजश्व अनुसन्धान विभागले सुन बरामद गरेसँगै उनी भागेर भारत पुगेको पाइएको थियो। बस्नेतलाई बुधबार पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताएका छन्।

स्रोतका अनुसार बस्नेतले सुन तस्करीमा संलग्न रहेका भियना होटलका सञ्चालक दावा छिरिङको सहयोगी भएर काम गरेको पाइएको छ।

यसअघि सीआईबीले भन्सारका कर्मचारी गणेश पौडेललाई पनि पक्राउ गरेको थियो। पौडेल भने काठमाडौंबाटै पक्राउ परेका हुन्। यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ। जसमध्ये ७ जना भने चिनियाँ नागरिक रहेका छन्।

समाचार भ्युज
images
SKIP THIS