images

सुन तस्करीसहित सबै विषयमा समितिमा छलफल हुन्छः नवनिर्वाचित सभापति खतिवडा

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन्।

सिंहदरबारमा सोमवार बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले खतिवडा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरे। सत्तापक्ष र प्रतिपक्ष सबै दलको साथ पाएर समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका खतिवडाले सुन तस्करी प्रकरणलगायत सबै विषयमा समितिमा छलफल हुने बताए।

images

उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

नवनिर्वाचित सभापति खतिवडाले भने, ‘यो समितिमा पनि अब हामी सबैको, पार्टीको भन्दा पनि सबैको बनाएर लिएर जान चाहन्छौं। म कांग्रेसबाट निर्वाचित भए पनि। यो समिति पक्ष, विपक्ष नगरी सबैको पक्ष बनाएर हामी यसलाई अहिलेको समसामयिक विषयमा सबैसँग सल्लाह गरेर निर्णय गर्ने परम्पराको विकास गर्छौं।’

मेरो नभई हाम्रो भन्ने परम्पराको विकास गरेर अगाडि बढ्ने उनले बताए। उनले भने, ‘यो समितिमा बहुमत, अल्पमतबाट निर्णय गर्नेभन्दा पनि सबैको सल्लाहबाटै निर्णय गर्ने पक्षमा छौँ। अब यसको कार्यक्षेत्र धेरै ठूलो छ। विशेष गरेर सुरक्षा निकायसँग जोडिएको हुँदा संवेदनशील भएर काम गर्न जरुरी छ। वास्तवमा यो समिति देशका लागि आवश्यक र महत्वपूर्ण समिति रहेछ भनेर काम गर्न सक्याँै भने हाम्रो सार्थकता त्यहाँ पूरा हुनेछ।’

यो समिति सरकारविरोधी र सरकार पक्षको पनि पनि नहुने उनले प्रतिबद्धता व्यक्त गरे। समिति समितिका रुपमा अगाडि बढ्ने उनले बताए।

नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरूले सोहीअनुसारको कार्ययोजना बनाएर अघि बढ्नेसमेत बताए।

समाचार भ्युज
images
SKIP THIS