वैदेशिक रोजगारबाट स्वदेश फर्केकाहरुको संगठन रिटर्नी सेन्टर नेपालको गोरखा जिल्ला संयोजकमा गणेश बानियाँ चयन भएका छन् ।
माओवादीको २४ औँ भातृसंस्था सो सेण्टरको आइतबार सम्पन्न प्रथम जिल्ला भेलाले बानियाँको संयोजत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
भेलाले समितिको सहसंयोजकमा इश्वरी ढकाल, सचिवमा जर्मन अधिकारीलाई चयन गरेको हो । सहसचिव, कोषाध्यक्ष र कार्यसमितिका सदस्यहरु अर्को वैठकले चयन गर्ने पार्टीका कार्यालय सचिव अमर गुरुङले जानकारी दिए ।
सोही भेलाले सहिदलखन गाउँपालिकाको संयोजकमा नीलप्रसाद लामिछाने, सिरानचोक गाउँपालिकाको संयोजकमा मनोज ढकाल, गोरखा नगरपालिकाबाट अमर थापा मगर, मन्जु विक र बारपाक सुलिकोट गाउँपालिकाबाट तोकमान गुरुङलाई चयन गरेको छ । बाँकी पालिकाहरुमा अर्को वैठकले चयन गर्ने गुरुङले जानकारी दिए ।
पार्टीका गण्डकी प्रदेश सहसचिव मेखबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो












