images

आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैनः मन्त्री बस्नेत

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताएका छन्।

आइतबार वित्तीय साक्षरता टिभी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

images

उनले संसारभर आइटी क्षेत्रमा विकास गरेका देशहरू धेरै अघि बढिरहेको उल्लेख गरे।

उनले भने, ‘हामीले आइटीको क्षेत्रमा सुधार नगरिकन हाम्रो विकास, निर्माण, उन्नति प्रगति सम्भव छैन। संसारभर ज-जसले यो क्षेत्रमा विकास गरेका छन्, ती देशहरू अघि बढेका छन्।’

मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने ५ वर्ष भित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबीसमेत गरे।

उनले आधारभूत स्वास्थ्य, नि:शुल्क उपचार र दुर्गम बस्तीमा स्वास्थ्यकाे पहुँच पुर्‍याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेकाे पनि उल्लेख गरे।

समाचार भ्युज
images
SKIP THIS