images

ऐन कानुनमाथि संसद्‌मा गहन बहस हुँदैन, बहुमतको भरमा पास हुन्छन्ः सिके राउत

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसद्‌मा गहन अध्ययन र बहसबिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू संसद् छिरेको छोटो समयमै संसद्प्रति वितृष्णा जागेको बताए। उनले सबैले संसद् ऐन, कानुन निर्माण गर्ने थलो हो भन्ने सोचे पनि बिना छलफल र अध्ययन बहुमतको आडमा ऐनहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाए।

images

उनले अहिलेको संसदीय व्यवस्थाबाट देशलाई आवश्यक पर्ने ऐनहरु गहन र विषयवस्तु आधारित भएर छलफल गरी पारित गर्न कठिनाइ रहेको बताए। उनले ऐन बनाउँदा कुनै एक कर्मचारीले लेख्ने र त्यो ऐन पढ्न माग्दासमेत कमजोरी पत्ता लाग्ने डरले सचिवहरुले नदिने गरेको दाबी गरे।

उनले संसदबाट धेरै आशा गर्न नसकिने बताए। उनले सचिवसँग निजामती ऐन माग्दा नदिएको गुनासो गरे।

समाचार भ्युज
images
SKIP THIS