images

धुलिखेल अस्पताललाई जापानको ३ अर्ब २९ करोड ६० लाख येन अनुदान

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधारका लागि ३ अर्ब २९ करोड ६० लाख जापानी येन अनुदान स्वीकृत गरेको छ।

त्यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६को उपदफा (१) बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

images

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन न्युयोर्क जाने कार्यक्रम पनि मन्त्रिपरिषद्ले औपचारिक रुपमा स्वीकृत गरेको छ।

समाचार भ्युज
images
SKIP THIS