images

मन्त्रिपरिषद् हेरफेर: पार्टी नेताहरुसँग परामर्श गर्दै प्रधानमन्त्री

काठमाडौँ – मन्त्रिपरिषद् हेरफेर गर्नुअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीका पदाधिकारीसँग मन्त्रिपरिषद् हेरफेरबारे दाहालले परामर्श गरिरहेका छन्।

images

दाहालले आफ्नो पार्टीको भागमा परेको सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई हटाएर जनमत पार्टीलाई सरकारमा ल्याउने भएका छन्।

माओवादीका तर्फबाट पर्यटनमन्त्री भएका सुदन किराँतीलाई पनि हटाएर पार्टीबाट अर्को व्यक्तिलाई मन्त्री बनाउनुपर्ने आवाज माओवादीमा उठेको छ।

किराँती हटेमा माओवादी माधव सापकोटा, हितबहादुर तामाङ र महिन्द्र बहादुर शाहीमध्ये एक मन्त्री बन्नेछन्।

समाचार भ्युज
images
SKIP THIS