images

सरकारले १५ करोड थान सिक्का छाप्न राष्ट्र बैंकलाई दियो स्वीकृति

काठमाडौं-सरकारले १५ करोड थान सिक्का टकमरी गर्न (छाप्न) नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

images

यस्तै, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने पनि निर्णय गरेको छ। साथै, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

समाचार भ्युज
images
SKIP THIS