images

गौर हत्याकाण्ड पीडितको माग सम्बोधन गर्न वार्ता टोली बनाउने प्रचण्डको आश्वासन

काठमाडौं–रौतहटको गौर हत्याकाण्डका पीडितले शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका छन्।

गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको हो।

images

भेटका क्रममा प्रधानमन्त्री दाहालले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने आश्वासन दिएका छन्।

गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन्। उनीहरूले धर्ना र प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम गररहेका छन्।

पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनीसमेत दिइरहेका छन्।

समाचार भ्युज
images
SKIP THIS