images

नयाँ कम्पनी दर्ता र कम्पनीको पूँजीवृद्धि लाग्ने शुल्कमा छुट देखी यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ- सरकारले नयाँ कम्पनी दर्ता र कम्पनीको पूँजीवृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको छ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेकाे हाे।

images

बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण पनि स्वीकृति भएको छ।

इटालीमा आयोजना हुने युनाइटेड नेशन फुट सिस्टम कार्यक्रमका लागि प्रधानमन्त्रीसँगै कृषिमन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था छ ।

समाचार भ्युज
images
SKIP THIS