images

के हजारौं निजामती कर्मचारी असुरक्षित भएकै हुन् ?

काठमाडौं । सरकारका अधिकृत र उपसचिवको प्रत्यक्ष संलग्नता रहेको र सहसचिव तथा सचिवबाट समेत साथ पाएको निजामती सेवा संरक्षण समूहले मंगलबार आमकर्मचारी असुरक्षित भएको भन्दै विज्ञप्ति जारी गर्‍यो ।

विज्ञप्तिमा हजारौं कर्मचारीसम्बद्ध सो समूहले ललिता निवास प्रकरणमा निजामती कर्मचारीलाई मात्रै निशाना बनाइएको र त्यसले कर्मचारीहरूको मनोबल खस्किएको तथा कार्यस्थलमा काम गर्ने वातावरण नभएको भन्दै आम कर्मचारीको सुरक्षामाथि प्रश्न उठाइएको छ ।

images

सो समूहले ललिता निवास प्रकरणमा अहिले भइरहेको छानबिनमा मुख्य निर्णयकर्ताको रूपमा रहेका पदाधिकारीहरूलाई उन्मुक्ति दिएर सामान्य प्रक्रियामा रहेका कर्मचारीलाई मात्रै धरपकड गरी दुःख दिइनुले कर्मचारीहरूले कार्यथलोमा काम गर्दा असुरक्षित महसुस गरेको र उनीहरूको मनोबल गिरेको दाबी गरेको छ ।

कर्मचारीको पेशागत सुरक्षाको जिम्मेवारी लिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो विषयमा केही बोलेको छैन । गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्मा पनि यो कर्मचारीको पेसागत सुरक्षाको विषय भएकाले यसमा आफूले केही भन्न नसक्ने बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

समाचार भ्युज
images
SKIP THIS