images

कांग्रेस इतर समूहका नेताहरू शेखर निवासमा

काठमाडौँ- नेपाली कांग्रेसको इतर समूहका नेताहरू छलफलमा जुटेका छन्। पार्टीका नेता शेखर कोइराला निवासमा महामन्त्री गगन थापासहित नेताहरू साेमबार बिहान छलफलमा जुटेका हुन्।

मंगलबारदेखि कांग्रेसकाे केन्द्रीय समिति बैठक सुरु हुँदैछ। साेही बैठकमा एजेन्डाबारे धारणा बनाउन इतर समूहका नेताहरू छलफलमा जुटेका बताइएको छ।

images

यता पार्टी सभापति शेरबहादुर देउवाले आजै दिउँसो पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बोलाएका छन्। केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न देउवाले बैठक बाेलाएका हुन्।

कांग्रेस इतर समूहमा पूर्वगृहमन्त्री समेत रहेका पार्टीका नेता बालकृष्ण खाँणलाई निलम्बन गरिनुपर्ने आवाज उठेकाे थियाे। तर सभापति देउवा भने यस विषयमा सकारात्मक छैनन्।

आज दिउँसाेकाे पदाधिकारी बैठकमा खाणलाई निलम्बन गर्ने विषयमा कुरा उठाउने तयारी इतर समूहकाे रहेकाे बताइएकाे छ।

समाचार भ्युज
images
SKIP THIS