images

नेपाली श्रमिकलाई फर्काउनु मनासिव नदेखिएको:वैदेशिक रोजगार विभाग [ विज्ञप्ति सहित ]

 

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान लागेका नेपाली श्रमिकलाई फर्काउनु मनासिव नदेखिएको जनाएको छ ।
विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले एक विज्ञप्ति जारी गर्दै अध्यागमन विभागले प्रकृया पुरा गरेर जान लागेका श्रमिक फर्काउनु मनासिव देखिएको बताएका हुन् । 

श्रम स्वीकृति लिइ कामको लागि कुवेत/जोर्डन जान लागेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले फर्काएको थियो । उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ । 

images

अध्यागनबाट एकै प्रकृतिका कागजातको आधारमा एउटै लटमा श्रम स्वीकृती लिई प्रस्थानको लागि एयरपोर्ट पुगेका व्यक्तिहरु मध्ये कसैलाई प्रस्थानको लागि अनुमति दिएको कसैलाई नदिएको देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वर्तमान अवस्थामा वैदेशिक रोजगारमा गएका श्रमिकहरुले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान रहेको सन्दर्भमा लामो प्रक्रिया पुरा गरी वैदेशिक रोजगारीका लागि विमानस्थल पुगेका श्रमिकहरुलाई आधार विना विमानस्थलबाट फर्काउने कार्यलाई गम्भीर रुपमा लिएको जनाएको छ । उक्त घटनाबाट वैदेशिक रोजगारमा जान लागेका श्रमिकहरुलाई पुगेको दुःख र क्षतिप्रति विभागले क्षमा मागेको छ ।

विभागले त्यसरी श्रमिकलाई फर्काउनु अध्यागमनको क्षेत्राधिकारभित्र समेत नपर्ने जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिम ईजाजत पत्र प्राप्त गरेका संस्थाहरुले ऐनको दफा १५,१६,१७,१८,१९ को प्रक्रिया पुरा गरी वैदेशिक रोजगारीमा पठाउन सक्ने व्यवस्था रहेको छ ।

सोही प्रावधान बमोजिम संस्थागत श्रम स्वीकृति लिई श्रमिकहरुलाई गलत स्थान वा गलत कागजातका आधारमा वैदेशिक रोजगारमा पठाएमा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४, ४५, ४६, ४७ बमोजिम क्षतिपुर्ति जरिवाना तथा कैद सजाय समेत व्यवस्था छ ।

सो बमोजिमको कारवाहीको व्यवस्था विद्यमान रहँदा रहदै अध्यागमन कार्यालयबाट फिर्ता पठाउनु मनासिव नरहेको विभागको भनाई छ । यसअघि अध्यागन विभागले आजै विज्ञप्ति जारी गर्दै चार वटा प्रकृया पुरा गरेको खण्डमा श्रमिकलाई प्रस्थान अनुमति दिन सकिने जनाएको थियो । तर, वैदेशिक रोजगार विभागले अध्यागमनले भनेका सबै प्रक्रिया यसअघि नै पुरा गरिसकिएको जनाएको छ ।

baideshi1baideshik2

 

समाचार भ्युज
images
SKIP THIS