images

के आज मिटरब्याजसम्बन्धी विधेयक पारित होला? प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ- संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेकाे हाे।

बैठकका सम्भावित ६ वटा कार्यसूची रहेका छन्। बैठकबाट मिटरब्याजलाई अपराध करार गर्ने कानुनी व्यवस्था भएको विधेयक पारित गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएकाे छ।

images

उक्त विधेयक राष्ट्रियसभाबाट यसअघि नै पारित भएको थियो।

विधेयकमाथि दफावार छलफलका लागि आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्नेछन्।

दफावार छलफलपछि विधेयकमाथि प्राप्त संशोधनबारे निर्णय हुनेछ। त्यसपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले संघीय संसदका दुवै सदन अवरुद्ध पार्दा उक्त विधेयक पारित हुन सकेकाे थिएन।

सरकारले गत वैशाख १७ गते मुलुकी अपराध संहिता २०७४ लाई अध्यादेशमार्फत् संशोधन गर्दै अनुचित लेनदेका रूपमा मिटरब्याजी समस्या समाधानको कानुनी उपाय खोजी गरेको थियो।

कानुनी निरन्तरताका लागि असार २० सम्म प्रतिस्थापन विधेयक दुवै सदनबाट पारित हुनुपर्ने भए पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी सदन अवरुद्ध पार्दा अध्यादेश निष्क्रिय भएको थियाे।

अधिवेशन आह्वानपछि पहिलो बैठकमा पेश भएको अध्यादेश स्वीकृत भएका ६० दिनभित्र स्वत निष्क्रिय हुुने प्रावधानका कारण मिटरब्याजी समस्या समाधान गर्ने कानुनी रिक्तता भएको हो।

हेर्नूहोस् कार्यसूची:

समाचार भ्युज
images
SKIP THIS